• शहिद स्मारक ‘बी’ डिभिजन लिग : टोखा भगवतीको विजयी सुरुआत

    टोखा टाइम्स, काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा टोखाको भगवती क्लबले विजयी सुरुआत गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा अन्नपूर्ण क्लब (आर.सि.टी.) विरुद्ध ३–१ को सहज जित निकालेको हो ।

    भगवतीको जितमा बिक्रान्त नरसिंह राना, अमर श्रेष्ठ र विशाल विक्रम सिलवालले गोल गरे । खेलको पहिलो गोल अन्नपूर्णका निखिल तामाङले एक गोल गरेका थिए ।

    प्रतियोगितामा भगवतीका शिशिर लेखी उत्कृष्ट खेलाडि बन्न सफल भए ।

    टोखा भगवती क्लवको खेल तालिका

    Facebook Comments Box