टोखा टाइम्स, टोखा, २० असार । श्री सरस्वती माध्यमिक विद्यालय, टोखाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा टोखाबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।
शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा एसईई परीक्षा २०८१ मा विद्यालय र टोखाबाट सहभागी भई उत्तीर्ण भएका विद्यार्थीलाई खाँदा र टीका लगाएर सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापक समितिका अध्यक्ष गजराज श्रेष्ठले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै खाँदा र टीका लगाएर सम्मान गरिएको थियो । सम्मान पश्चात् विद्यार्थीहरूलाई नगर परिक्रमा समेत गराएको थियो । नगर परिक्रमाका क्रममा क्वनेः लाछिमा सरस्वती विद्यालयका पूर्व विद्यार्थी २०६० साल एसएलसी व्याचका विद्यार्थीहरूले नेवाः समुदायको परम्परा अनुसार खँ सगं (अण्डा सगुन) दिएर उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका दिए ।
यस वर्ष विद्यालयक छात्र राम बहादुर थिङले ३.९५ जीपीए प्राप्त गर्दै अहिलेसम्मकै उत्कृष्ट अंक ल्याउने विद्यार्थी भएको प्रअ श्रेष्ठले बताउनुभयो ।
११७ जना माध्यमिक परिक्षामा सहभागी भएका मध्य १०५ जना विद्यार्थी उत्कृष्ट अंक सहित उत्तीर्ण हुन सफल भएका छन् ।
विद्यालय, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीको समन्वित मेहनतकै कारण उत्कृष्ट नतिजा सम्भव भएको विद्यालय प्रअ श्रेष्ठले बताउनु दिनुभयो ।