१५ साउन, टोखा टाइम्स । अधिवक्ता सत्यनारायण डंगोलको संयोजकत्वमा टोखा खानेपानी तदर्थ समिति गठन गरेको छ । विहिबार टोखा नगरपालिका-२ र ३ को संयुक्त आयोजनामा २ वडाको सभाहलमा वसेको विशेष बैठकले डंगोलको संयोजकत्वमा तदर्थ समितिको गठन गरिएको हो ।
टोखामा क्रियाशिल वृहत् खानेपानी तथा सरसफाई उपभोक्ता समिति र टोखा शिवपुरी खानेपानी समितिलाई एकीकृत (मर्ज) गरी खानेपानी समस्या समाधान स्वच्छ, सफा खानेपानी उपलब्ध गाउने उद्देश्यले गठन गरिएको तदर्थ समितिमा संयोजकमा सत्यनारायण डंगोल, सह-संयोजकमा राम डंगोल सदस्यमा दुवै संस्थाका प्रतिनिधिहरु रहने छन् । भने सल्लाहकारमा माईला डंगोल (वृहत् खानेपानी, अध्यक्ष), मदनलाल श्रेष्ठ (शिवपुरी खानेपानी, अध्यक्ष), रमेश डंगोल ( वडाध्यक्ष ३) र धर्मेन्द्र श्रेष्ठ (वडाध्यक्ष २) रहेका छन् ।
तदर्थ समितिले खानेपानी समितिको आवश्यक विधान, नीति, नियम निर्माण तयारी छ महिनाभित्र अधिवेशन गराई नयाँ कार्यसमितिको गठन गर्नु पर्नेछ ।
वृहत् खानेपानी तथा सरसफाई उपभोक्ता समिति र टोखा शिवपुरी खानेपानी समितिलाई २ र ३ वडा कार्यालयले पटकपटक समिति गठन गर्न ताकेता गर्दा समेत समिति गठन प्रक्रियामा ढिलासुस्ती भएको भन्दै वडाकार्यालयलले हस्तक्षेपकारी कदम चाल्दै तदर्थ समितिको गठन गरिएको हो ।
नयाँ बन्ने समितिको आवश्यक नीति, नियम, विधान निर्माण गर्न सहज होस भनि अधिवक्ता सत्यनारायण डंगोललाई संयोजक बनाएको वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोलले वैठकमा जानकारी गराएका थिए ।
तदर्थ समितिका संयोजक डंगोलले वडाले दिएको जिम्मेवारीलाई वहन गर्दै सबैको साथ सहयोग लिदै ६ महिना अगावै अधिवेशन गर्ने गरी अगाडि बढ्ने बाच्चा गरेका थिए ।
यता दुबै खानेपानी समितिका अध्यक्षद्वय माईला डंगोल र मदनलाल श्रेष्ठले वडा कार्यालयले गठन गरेको तदर्थ समिति कानुनसमत प्रक्रिया नभएको भन्दै असहमति जनाएको छ ।