• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ श्रावण २०८२, शुक्रबार


    बिज्ञापन

    टोखामा रगत संकलन र डेंगु सचेतना अभियान, वृहत रक्तदान कार्यक्रम भोलि साउन १७ गते हुने

    टोखा, साउन १६ , टोखा टाइम्स । टोखा क्षेत्रमा पछिल्लो समय रगतको अभाव तीव्र हुँदै गएको छ। स्थानीय अस्पतालहरूमा रगतको माग दिनहुँ बढिरहे पनि सो अनुरूपको आपूर्ति हुन नसक्दा उपचारमा कठिनाइ हुने अवस्था देखिएको छ। अस्पताल जाने अधिकांश बिरामीका आफन्तहरू रगतको खोजीमा अन्यत्र धाउनु परेको अवस्था सृजना हुँदै आएको छ।

    यही समस्यालाई सम्बोधन गर्दै टोखा नगरपालिका वडा नं ३, टोखा साहित्य दबु र टोखा सरस्वती स्वास्थ्य चौकीको संयुक्त आयोजनामा साउन १७ गते, शनिवार विहान ७ बजे देखि १० बजे सम्म वडा नं ३ कार्यालय प्रांगणमा वृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

    कार्यक्रमको जानकारी दिन आज विहान स्थानीय टोलीले टोखा नगर परिक्रमा गर्दै माइकमार्फत डेंगु रोगको जोखिम र रोकथाम सम्बन्धी चेतनामूलक सन्देश पनि फैलाएका थिए। स्थानीयवासीलाई डेंगुको लार्भा नफैलिने वातावरण बनाउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।आजको कार्यक्रममा टोखा साहित्य दबुका बाबुलाल डंगोल, वडा अध्यक्ष रमेस डंगोल गजराज श्रेष्ठ, पत्रकार हिक्मत डंगोल, लक्ष्मण डंगोल, सुसनलाल श्रेष्ठ लगायत थुप्रै समाजसेवीहरूको उपस्थिती थियो।

    आयोजक संस्थाहरूले रक्तदानलाई मानवसेवा भन्दै “रगत दिनुहोस्, जीवन दिनुहोस्” भन्ने मूल सन्देशका साथ यस अभियानमा सबै टोखावासीलाई सहभागी हुन आह्वान गरेका छन्।

    टोखा वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोलले भने, “रक्तदान एउटा सानो कर्म हो तर ठूलो जीवनदान। यो अभियान टोखा नगरलाई आत्मनिर्भर बनाउने दिशातर्फको सानो प्रयास हो।”

    रक्तदान गर्न चाहनेहरूले खाली पेटमा नभई सामान्य खानपिन गरेर आउनु, उमेर १८ वर्ष माथिको हुनुपर्ने र स्वास्थ्य अवस्था सामान्य हुनुपर्ने जानकारी आयोजकले दिएका छन्।

    Facebook Comments Box