भगवान कृष्ण : अनुशासनका संरक्षक
◾ सिद्धि बी. रञ्जितकार
◾ भाषान्तर : हिक्मत डंगोल
घटादशमीका दिन हिन्दूहरूले भगवान् कृष्णको जन्मोत्सव मनाउँछन्। उहाँको मानव अवतार त्यो समयको लागि अपरिहार्य थियो, जब सामाजिक, आर्थिक र राजनीतिक अन्याय, कानुनविहीनता, अराजकता र आतङ्क फैलिएको थियो।
अवतार
भगवान् कृष्णलाई भगवान् विष्णुको आठौँ अवतार मानिन्छ। विष्णु तीन लोक—स्वर्ग, पृथ्वी र पाताल—का संरक्षक हुन्। जब–जब संसारमा अन्याय र अव्यवस्था फैलिन्छ, तब–तब विष्णु विभिन्न रूपमा अवतार लिएर समस्याको समाधान गर्नुहुन्छ।
कृष्णको जन्म रहस्यमय थियो। उहाँको जन्म कारागारमा भयो, किनकि उहाँका मामा कंश—जो मथुराका राजा थिए—ले आमादेवकीलाई विवाह भएको दिनै जेल हालिदिएका थिए। एक ऋषिले भविष्यवाणी गरेका थिए कि देवकीको आठौँ सन्तानले कंशको वध गर्नेछ। कंशले यो भविष्यवाणीलाई गम्भीरतापूर्वक लिए, तर आठौँ बच्चा छोरा नभएपछि केही समयका लागि ढुक्क भए। तथापि, उनले बच्चालाई आमाको काखबाट निकालेर भित्तामा हिर्काए, तर बच्चा अद्भुत रूपमा बच्यो।
कंशले भविष्यवाणी गर्ने ऋषि परशुरामलाई कारागारमा ल्याएर मार्ने प्रयास गरे, तर परशुरामले भविष्यवाणी पुनः दोहोर्याउँदै आठौँ सन्तान वास्तवमै छोरा भइसकेको र गोठमा पुगेको बताए। यसले कंशलाई क्रोधित बनायो र उनले गोठ आक्रमण गरेर बच्चा मार्ने योजना बनाए, तर परशुरामले बालकलाई दुर्बल बनाउने बहानामा गुरुकुलमा पठाउन सुझाए।
कृष्ण गोठमै हुर्किए तर कंशले पटक–पटक उहाँको हत्या गर्न गुप्त योजना बनाए। गुरुकुलका गुरु ऋषि सन्दीपन र परशुराम दुवैले कृष्णलाई साधारण बालक नभएर असाधारण व्यक्तित्व भएको बुझ्थे। गुरु पूरा गरेर फर्किँदै गर्दा परशुरामले विष्णुको चक्र (सुदर्शन) कृष्णलाई जिम्मा दिए।
कंशसँग टक्कर
कृष्णले प्रत्यक्ष रूपमा कंशसँग आर्थिक नाकाबन्दी गरेर टक्कर सुरू गर्नुभयो। गोठबासीहरूले मथुरालाई दिने कर रोके। यसले जनता खुसी भए, तर कंश क्रोधित भए। उनले सेना पठाए तर कृष्णले परास्त गरे। पछि कंशले सम्झौता गर्ने बहानामा कृष्णलाई मथुरा बोलाए, तर उनको हत्या गर्ने योजना थियो। कृष्णले यो चाल थाहा पाएर कंशलाई नै मारिदिए र आफ्ना हजुरबुबा उग्रसेनलाई सिंहासनमा पुनःस्थापित गरे।
न्याय र सुधारको पक्षधर
कृष्णले अनावश्यक टक्करबाट टाढा रहन प्रयास गर्नुभयो। कंशको ससुरा जरासन्धसँगको युद्ध टारेर कृष्णले विष्वकर्माबाट द्वारका नगरी निर्माण गर्न लगाउनुभयो। उहाँ महिलाको अधिकारका पक्षधर हुनुहुन्थ्यो। परम्परागत विवाह प्रथामा सुधार गरी स्वयंवरमा राजकुमारीले आफूलाई मन परेको वर रोज्न पाउने व्यवस्था गर्नुभयो। रुक्मिणीलाई जबरजस्ती अरूसँग विवाह गर्न खोज्दा कृष्णले उहाँलाई उद्धार गर्नुभयो।
कृष्णले अन्याय सहनु भएन। गोपिनीहरूको लुगा खोस्ने गोठालाहरूलाई शिक्षा दिनुभयो र नाङ्गै स्नान नगर्न चेतावनी दिनुभयो। द्रौपदीले कहिल्यै देखाएको सानो सहयोगलाई युद्धको समयमा उहाँले ठूलो ऋण तिरेर सम्मानित गर्नुभयो—हस्तिनापुर दरबारमा द्रौपदीलाई अपमानबाट बचाएर।
महाभारत र गीता
महाभारतको कुरुक्षेत्र युद्धमा कृष्ण अर्जुनका सारथि र मार्गदर्शक बने। युद्धको बीचमा उनले अर्जुनलाई भगवद्गीताको उपदेश दिनुभयो, जसको सार यस्ता छन्—
• जे भएको छ, ठीकै भइसकेको छ।
• जे हुनेछ, सही हुनेछ।
• गुमाएको कुरामा विलाप नगर।
• जन्म, मृत्यु र हानि–लाभ प्राकृतिक चक्र हुन्।
• आफ्नो धर्म र कर्तव्यमा दृढ रहनुहोस्।
जीवनको अन्त्य र स्मरण
कृष्णले आफ्नो मिशन लगभग पूरा गर्नुभयो, तर युद्ध सकिनु अघि वनमा विश्राम गर्ने क्रममा शिकारीको बाणले उहाँको देहावसान भयो। त्यसैले उहाँको जन्माष्टमी आज पनि धर्म, न्याय र अनुशासनको प्रतीकका रूपमा मनाइन्छ।