• टोखा टाइम्स

    • प्रकाशित मिति:१ जेष्ठ २०७९, आईतवार


    बिज्ञापन
  • टोखा- २ को अध्यक्षमा एमाले र सदस्यमा काँग्रेस विजयी

    काठमाडौं । टोखा नगरपालिकाको २ वडामा अध्यक्षमा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

    श्रेष्ठले  १  हजार ४२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका माईला डंगोलले ९ सय ८७ मत पाएका छन् ।

    वडा सदस्यमा नेपाली काँग्रेसका महिला सदस्यमा सविना श्रेष्ठ (११५६), खुल्ला सदस्य आर्यन डंगोल (११९९)  निर्वाचित भएका छन् । नेपाली काँग्रेसकी दलित महिला सदस्य लक्ष्मी हिमाङ्ग निर्विरोध निर्वाचित भएकी थिइन ।  भने, खुल्ला सदस्यमा एमालेका अमर डंगोल (११३६) चिर्वाचित भएका छन् । यस वडामा यसअघि नेपाली काँग्रेसको प्यानल जितेको थियो ।

    Facebook Comments Box