टोखा टाइम्स काठमाडौँ । टोखा नगरपालिकामा १४१८६ मत गन्दा कांग्रेसकी मेयर उम्मेदवार रजनी थापाले एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीलाई २०२ मतले अग्रता लिएकी छन् । प्रारम्भिक अग्रता लिइरहेका एमालेका उम्म्दवार अधिकारीले ५३५८ मत प्राप्त गरेका छन् । भने, काँग्रेसकी उम्मेदवार रजनीले ५५६० मत प्राप्त गरेकी छन् ।
नेकपा माओवादी केन्द्रका शेखर श्रेष्ठले ८८०, नेमकिपाका रबिन्द्र डंगोलले ५७८, राप्रपाले ६१३ मत प्राप्त गरेकाछन् ।