टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नम्वर ३ त्वा:पचा निवासी भिन्द्यो डंगोलले तलेजु मन्दिरमा हुने संस्कार र परम्परा सञ्चालनमा सहयोगार्थ आर्थिक सहयोग गरेका छन् ।
इन्द्रायणी दाफा भजन खलमा लाम्रो समयदेखि आवद्ध रहि संसकृति क्षेत्रमा अविरल लागि परेका डंगोलले आफ्नो ७४ अौं जन्मदिनको अवसर पारेर बुधवार तलेजुका मूःनाय हेमराज डंगोललाई पचास हजार रूपैयाँ हस्तान्तरण रहेका हुन् ।
सहयोग रकम हस्तान्तरण पछि डंगोलले भन्नु भयो- “संस्कृति, परम्पारा, संस्कार चलाउनु चानचुने कुरा होइन । बाहिरबाट हेर्दा केही नभए जस्तो देखिएपनि त्यसको सञ्चालन गर्न निकै कठिन छ । जो यो क्षेत्रमा लागेका छन् उनीहरूलाई मात्र त्यसको मर्म र ब्यथा थाहा हुन्छ । संस्कृतिमा प्रत्यक्ष संलग्न रहेर मैले नजिकबाट महशुल गरेको छु । मैले थोरै भएपनि आफ्नो गछे अनुसार परम्परालाई निरन्तरता दिन सहयोग गरेको हुँ ।”
सहयोग रकम ग्रहण गर्दै मू:नाय हेमराज श्रेष्ठले स्नेह भावले तलेजुको संस्कार परम्परा सञ्चालनका लागि दिएको सहयोग रकम सहि रूपमा सदुपयोग गर्ने बताउनु भयो ।
आफ्नो जन्म दिनको अवसरमा सहयोगी भावले दिएको सहयोगले टोखाको संस्कृतिको क्षेत्रमा अनुकरणीय रहेको समेत श्रेष्ठले बताउनु भयो ।