प्रस्तुत विषयमा यस टोखा नगरपालिका वडा नं. ३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका सम्पूर्ण (जेष्ठ नागरिक ७० वर्ष माथी, जेष्ठ नागरिक एकल महिला, जेष्ठ नागरिक दलित, विधवा, पूर्ण अपांगता, अशक्त अपांगता, दलित बालबालिका) लाभग्राहीहरुलाई तपसिलमा उल्लेखित मिति, समय र स्थानमा जनप्रतिनिधीहरु, वडाका कर्मचारीहरु र बैंकका कर्मचारीहरु आई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हुँदा तपसिलमा उल्लेखित कागजपत्र सहित आफुलाई पायक पर्ने ठाउँमा गई भत्ता बुझिदिनु हुन सम्पूर्ण लाभग्राहीहरुको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै स्वास्थ्यकर्मीहरुबाट जेष्ठ नागरिकहरुलाई निशुल्क सुगर, प्रेसर र अक्सिजनको जाँच गरिने व्यहोरा अनुरोध गरिन्छ ।
तपसिल
मिति :- २०७९।०३।२१ गते शान्ति वाटिका प्राङ्गण धनेश्वर । (साविक गोङ्गबु गा.वि.स. वडा नं. १ र २ )
मिति :- २०७९।०३।२२ गते शान्ति वाटिका प्राङ्गण धनेश्वर ।। (साविक गोङ्गबु गा.वि.स. वडा नं. १ र २ )
मिति :- २०७९।०३।२३ गते तल्लो लाछी ।
मिति :- २०७९।०३।२४ गते वडा कार्यालय प्राङ्गण ।
समय :- विहान १०:०० बजे देखि ३:०० बजे सम्म ।
आवश्यक कागजातहरु :
१. जेष्ठ नागरिक परिचय पत्रको सक्कल बुक ।
२. सक्कल नागरिकता र सो प्रमाण पत्रको फोटोकपी १ प्रति अनिवार्य ।
रमेश डंगोल
वडा अध्यक्ष