• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ असार २०७९, आईतवार


    बिज्ञापन
  • टोखा भगवतीको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखा भगवती क्लबको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका सहयोगी दाता तथा संस्थाहरूलाई सम्मान गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखालाई चिनाउने अहिले खेल मार्फत प्रयास रहेको र आफ्नो क्षमता प्रर्दशन गरेका खेलाडीलाई सम्मान व्यक्त गर्नु नगरपालिकाको दायित्व हो बताए ।

    अधिकारीले यदि भगवती क्लब “A” डिभिजन लिगमा उक्लिनका लागि टोखा नगरपालिकाले १ करोडको बजेटको व्यवस्थापन गर्ने समेत बताए । अबको टोखा फुटबल खेलले परिचित हुनेछ ।  टोखा नगरपालिकाले नगरपालिकामा रहेका क्लबहरु एक ठाउँमा ल्याएर “टोखा खेलकुद समिति “ निर्माण गरिने समेत कार्यक्रममा सम्बोधनका क्रममा जानकारी दिएका थिए ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै टोखा – २ का पूर्व वडा अध्यक्ष दिपकराज जोशीले टोखामा खेलकुद विकासको लागि स्वास्थ्य, अनुशासन र मित्रताको लागि भएको चर्चा गर्दै भख्यो चौरलाई उत्कृष्ट फुटबल मैदान बनाउन अनुरोध गरेका थिए ।

    ‘भख्योमा डीपीआर बन्यो तर स्टेडियम बनेन । अहिले फुटबलले व्यवसायीक रुप लिइसकेको छ अब टोखामा स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्नका लागि क्लबसंग सहकार्य गरेर एकेडमी बनाउन आवश्यक छ ’- उनले मन्व्यका क्रममा भने ।

    यसै गरी क्लबका पूर्व अध्यक्ष रमेश नापितले  भगवती क्लब शिक्षा स्वास्थ्य र खेलकुडको विकासका लागि स्थापित भएको कार्यक्रममा जानकारी गराउँदै उनले माया गरेर क्लबलाई माथि उठाउन आर्थिक तथा भावनात्मक सहयोग गरेका सबैलाई धन्याबाद दिएका थिए । उनले क्लबले विगतमा गरेको संघर्षको बारेमा समेत स्मरण गराए ।

    कार्यक्रमका अतिथि ग्रान्डी अस्पतालका अध्यक्ष दिपक कुँवरले राजनीति विर्सेर विकासमा एकजुट भई अगाडि बढनु पर्ने कुरामा जोड दिएका थिए ।  उनले खेलकुड र टोखाको विकासकालागि आफ्नो सक्दो साथ सहयोग गर्ने समेत बताएका थिए ।

    टोखाको खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको बताउँदै एन्फा अध्यक्ष पंकज विक्रम नेमवॉगले टोखामा फुटबल मैदान निर्माणका लागि एन्फाको नीति अनुसार सक्दो बजेट सहयोग गर्ने बताए ।

    टोखा स्थित बी एल पार्टी प्यालेसमा भएको सो कार्यक्रममा भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीको अध्यक्षता र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथि र उप मेयर मुरारी तामाङको विशेष आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा टोखा नगरपालिकाध्यक्ष वडा अध्यक्ष १ देखि ११ वडाका नवनिर्वाचित लगायत १८० जनालाई खादा र कदर पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रमको संचालन भगवती क्लबका महासचिव दीपेन्द्र डंगोलले गरेका थिए ।

    Facebook Comments Box