• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ असार २०७९, आईतवार


    बिज्ञापन
  • टोखा प्राचीन वस्तीको स्वरुप परिवर्तन र भख्य चौर विषय छलफल सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । संस्कृति संरक्षित क्षेत्र टोखा प्राचीन वस्तीको स्वरुप परिवर्तन र भख्य चौर व्यवस्थापन विषयमा छलफल सम्पन्न भएको छ ।

    टोखा नगरपालिका ३ वडाको आयोजना तथा सो वडाका अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा टोखा २ का वडाध्यक्ष धेर्मेन्द्र श्रेष्ठको विशेष आतिथ्यमा आइतबार वडा कार्यालयको सभाकक्षमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टोखा २ र ३ वडाका क्रियाशिल स्थानिय संघसंस्थाका राजनीतिक दलका प्रतिनिधि, पूर्व गाविस अध्यक्ष तथा सरोकालरवाला व्यक्तित्व लगायतको उपस्थितिरहेको उक्त छलफल कार्यक्रममा टोखा संस्कृति संरक्षित क्षेत्र प्राचीन वस्ती भित्र एकरुपता र स्वरुप परिवर्तन तथा भख्य खेल मैदान व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

    काम गर्दै गर्दा जनसरोकारका विषयहरुमा जनताको अपेक्षा र जनप्रतिनिधिहरुको योजना विच विरोधाभाष नहोस भन्ने हर्तुले आम जनसरोकारका विषयमा हुने विकास निर्माणका कार्य जनस्तरसँग छलफल, राय, सुझाव संकलन गरी विकास निर्माणका कामहरुमा सबैको अपनत्व हुने गरी दिगो रुपमा कार्य गर्ने उद्देश्यले छलफलको कार्यक्रम आयोजना गरिको टोखा ३ का अध्यक्ष रमेश डंगोलले कार्यक्रममा बताएका थिए ।

    प्राचीन टोखा वस्ती भित्र मूःध्वादेखि गणेशस्थानसम्मका  घरहरुको व्यवस्थापन तथा स्वरुपमा कसरी मौलिकपन सहित एकरुपता ल्याउने र अस्तव्यस्त अवस्थामा रहेको भख्य खेलमैदान तथा परिसरलाई कसरी व्यवस्थापन तथा स्तोरोन्ती गर्ने भन्ने मूल विषयमा छलफलका क्रममा उपस्थित महानुभावहरुले आआफ्नो राय तथा सुझाव राखेका थिए ।

    प्राचीन वस्ती भित्रका घरहरुको मौलिकपन झलकिने गरी एकरुपता दिन स्वरुप परिवर्तनका लागि गएका निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिका मार्फत ६०-४० को कार्यक्रम अगाडि ल्याएको भए पनि हालसम्म कसैले यसलाई प्रयोग गरेको छैनन् । वस्ती भित्रका अधिकांश घरहरुको नक्शा पाश नहुनु यसको बाधक भएको कार्यक्रममा उठेको थियो । पहिला सहज रुपमा नक्शा पास गर्ने व्यवस्था मिलाउन सकेमात्र प्राचीन वस्ती भित्रका घरहरुको मौलिकपन झलकिने गरी एकरुपता कार्य गर्न सकिने छलफलले निष्कर्ष निकालेका थिए ।

    प्राचीन वस्ती भित्रका संरचना निर्माण गर्न निश्चित नीति नियम र मापडण्द तयार गरी टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिलाई त्यसको सर्वाअधिकार दिएर अगाडि बढ्नु सके  वस्ती भित्रका घरहरुलाई एकरुपताका साथ मौलिकपना दिन सहज हुने छलफलमा सुझाएका थिए ।

    त्यस्तै भख्य खेल मैदान तथा परिसरको व्यवस्थापन गर्ने विषयमा भख्य टोखाबासीको धार्मिक तथा संस्कारसँग प्रत्यक्ष सरोकार राख्ने ठाउँ भएकाले त्यहाँ निर्माण गरिने कुनै पनि पुर्वाधार संरचना वस्तुस्थिति र त्यहाँको पुरात्त्वतिक अध्ययन पश्चातमात्र धार्मिक तथा वातावरणमैत्री रुपमा अगाडि बढ्नु पर्ने सहभागिहरुले सुझाव दिएका थिए ।

     

    छलफलको अन्यत्यमा बोल्दै टोखा ३ का वडाध्यक्ष रमेश डंगोलले यो पहिलो प्रयास भएकाले हामी यस विषय तथा जनसरोकार विषयहरुमा यसरी नै सबैको सहभागितामा आगामी दिनहरुमा पनि घनिभुत रुपमा छलफल र बहश गरेर अगाडि बढ्ने बताएका थिए ।

    उनले सार्वजनिक कार्यमा सबै वडाबासीहरुको उतिकै नै दाहित्व हुने भन्दै वडामा भैरहेका पुर्वाधार निर्माण लयागतका कामहरुमा हामी जनप्रतिनिधिहरुले मात्र पनि राम्रो सँग निगरानी गर्न नसकेको हुन्सक्छ, त्यस्ता हरेका कार्यहरुमा तपाईहरुले पनि निगरानी र निरिक्षण गरेर आफ्नो वडाको विकास निर्माण कार्यमा सहभागिता भै गुणस्तरीय र दिगो टिकाउ कार्य गर्न हामी सक्छौँ ।

     

     

     

     

    Facebook Comments Box