• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ असार २०७९, सोमबार


    बिज्ञापन

    ऐतिहासिक ढुङ्गे धाराहरु संरक्षण गर्नु आजको आवश्यक्ता: मन्त्री बसन्त मानन्धर

    टोखा टाइम्स, काठमाडौ । बागमती प्रदेसका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री बसन्त मानन्धरले ढुङ्गे धाराहरु संरक्षण गर्नु आजको आवश्यक्ता भएको बताएका छन्।

    आइतबार टोखा – ३ मा क्वहिटी ढुङ्गे धाराको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मानन्धरले बागमती प्रदेस भित्र रहेका ऐतिहासिक ढुङ्गे धाराहरु लोप हुँदै गएकोले यस्ता सम्पदाहरु संरक्षण गर्नुपर्ने र यसका लागि प्रदेस सरकार लागि परिरहेको बताएका हुन्।

    कार्यक्रममा टोखाका सम्पदा संरक्षण अभियानता मणिराज डंगोलले यस्ता ढुङ्गे धारा सरक्षणले जल सम्पदा संरक्षण भई पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए ।

    कार्यक्रममा क्वहिटी पालिख्यो टोल विकास उपभोक्ता समितिका अध्यक्ष सानू डंगोलले पानीको इनार, ट्याकीको मुहान २ सय मिटर देखि मौलिकता झल्कने कोहिती धारा समेत पुग्नेगरि इष्टमेट ११ लाख ७५ हजार रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी दिए । उपभोक्ता समितिमार्फत काम भएकोले लागत इष्टमेट भन्दा कम खर्च हुने गरेको समेत उनले बताए।

    मन्त्री मानन्धरले जग्गा प्रदान गर्नुहुने अग्रज समाज सेवी भाईलाल डंगोल, र भिन्दयो डंगोललाई दोसल्ला ओदाइ सम्मान एवं  हार्दिक आभार प्रकट गर्दै कोहिती’को निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रममा बिशिस्ट अतिथि हेमराज श्रेष्ठ, अतिथि टोखा नगरपालिका २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,समितिका सल्लाहकार मनिराज डंगोल , अतिथि नेवा: गूठी टोखाका अध्यक्ष रमेश नापित,महासचिव हेराकाजी डंगोल ,अतिथि टोखा नगरपालिका ३ का वडा सदस्यद्वय हरिकृष्ण श्रेष्ठ,शान्ता राई, टोखा नगरपालिकाका कानुनी सल्लाहकार बेखानारायण डंगोल ,बिष्णुमति करिडोर उपभोक्ता समितिका अध्यक्ष हरिदास श्रेष्ठ, राजनीतिकर्मी गजराज श्रेष्ठ , इन्द्रायणी दापा खल:का गुरु चन्द्रमान डंगोल , राष्ट्रसेवक नेपाल प्रहरी, पत्रकार लगायत विभिन्न संघसंस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो ।

     

     

    Facebook Comments Box