• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ असार २०७९, सोमबार


    बिज्ञापन
  • पहिलो त्रैमासिक परीक्षा सञ्चालन हुँदासम्म विद्यार्थीले किताब पाएनन्

    दाङ : असार सकिनै लाग्दासमेत दाङमा पाठ्यपुस्तकको अभाव छ। विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन हुँदासम्ममा विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन सकेका छैनन्।

    जसकारण पाठ्यपुस्तकबिना नै परीक्षाको तयारीमा जिल्लाका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरू रहेका छन्। विद्यार्थीहरूले सहज रूपमा पूर्ण पाठ्यपुस्तक अहिलेसम्म पाउन सकेका छैनन्। विशेष गरेर कक्षा ६ देखि १० कक्षासम्मका पाठ्पुस्तकहरू अभाव देखिएका हुन्।

    कक्षा ६ र ८ का प्रायः सबै अनिवार्य किताबको अभाव देखिएको छ भने कक्षा ९ र १० का आधा विषयका किताब अभाव देखिएका छन्।

    जिल्लाका व्यवसायी अनुसार असार २१ गतेसम्म ६९ हजार ८ सय ६२ थान पुस्तक अभाव भएको बताएका छन्। पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका कोषाध्यक्ष तीर्थबहादुर डाँगीले सबैभन्दा बढी कक्षा आठको किताबहरू अभाव भएको बताए।

    उनले कक्षाका सबै विषय गरेर ३४ हजार १ सय २५ थान किताब नपुगेको जानकारी दिए। त्यसपछि कक्षा ६ को किताब अभाव छ। कक्षा ६ मा ६ विषयका २१ हजार ४ सय ७५ थान पुस्तक अभाव देखिएको छ।

    कक्षा ७ को ६ हजार ८ सय , कक्षा ९ को ७ हजार १ सय १८ र अन्य कक्षाको ३ सय ४४ थान पुस्तक अभाव भएको डाँगीको भनाइ छ। विद्यार्थीले परीक्षा दिँदासमेत पाठ्यपुस्तक नआउँदा व्यवसाय धान्न नै समस्या भएको व्यवसायीहरूको गुनासो छ।

    विगतका वर्षमा अभाव भएपनि असारसम्ममा सबैका हातमा किताब पुगिसक्ने अवस्था रहेकोमा यस वर्ष असार सकिन लाग्दासमेत आवश्यक पाठ्यपुस्तक विद्यार्थीसमक्ष पुग्न सकेको छैन।

    जिल्लाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्ध नहुँदा विद्यार्थीहरूको पढाइमा समस्या भएको छ।

    माध्यामिक तहको शिक्षा स्थानीय सरकार मातहत भए पाठ्य पुस्तकको व्यवस्थापनमा स्थानीय सरकारको चासो कम देखिएको छ। ‘हामीसँग नै पुस्तक छैन, विद्यार्थीलाई कसरी दिनु,’ उनले भने, ‘जनक शिक्षाले किताब पठाए पो हामीले वितरण गर्ने हो।’

    जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जका क्षेत्रीय प्रमुख रविन शर्माले पाठ्यपुस्तकको समस्या केन्द्रकै भएको बताए। उनले आफ्नो क्षेत्रधिकार भएका जिल्लामा पाठ्पुस्तक पठाएको जानकारी दिए।

    उनले अहिले कक्षा ६ देखि १० कक्षासम्मका केही पुस्तक अभाव भएको बताए। बाँके, बर्दिया, दाङ, सल्यान, रुकुम पूर्व, रुकुम पश्च्मि र रोल्पामा कार्यालयले पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरेको छ। साथै साबिक राप्तीको प्युठानमा बुटवल कार्यालयले व्यवस्थापन गर्दै आएको बताए।

    दाङमा कक्षा १ देखि १० सम्म ८५ हजार विद्यार्धी रहेका छन। भने कक्षा १२ सम्ममा ९७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन। अहिले नेपाली, अग्रेजी, गणित, सामाजिक विज्ञान, पेशा, ।नैतिक, स्वाथ्य, अर्धशास्त्र लगायतका अनिवार्य विषय र एच्छिक विषयहरुको अभाव देखिएको  खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

    Facebook Comments Box