टोखा टाइम्स, काठमाडौँ ।टोखा चण्डेश्वरी अस्पताल गले-थरख्यमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्धन गर्ने हेतुले गरिमा विकास बैंकले टोखा नगरपालिका २ वडासँगको सहकार्य तथा फ्रेण्डशीप ग्रुप अफ टोखा र भगवती क्लबको सहयोगमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा मंगलबार टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।
उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडासदस्य आर्यन डंगोल अमर डंगोल, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनहरुको पनि उपस्थिति रहेको थियो ।
साथै, उक्त कार्यक्रमको स्वागत मन्तव्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रम संचालन सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले गर्नुभएको थियो । जसमा यस विकास बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रम सम्बन्धि थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्