• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१० माघ २०७८, सोमबार


    बिज्ञापन
  • टोखालाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग

    टोखा टाइम्स, काठमाडौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत नेपाल स्कुल अफ इन्टरपेनरसिप र ईन्टरनेशनल बुद्धिस्त कन्फेडरेशनको  संयुक्त प्रयासमा संकलित अक्सिजन कन्सेन्ट्रेटर टोखा नगरपालिकामा रहेका स्वास्थ्य चौकी तथा केन्द्रलाई सहयोग गरेको छ ।

    संस्थाले सोमबार अभियानका सदस्य डाक्टर प्रणय राणाले टोखा सरस्वती स्वास्थ्य चौकी चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र झोरमहाँकल स्वास्थ्य चौकीलाई एक/एक थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको हो ।  यस अघि टोखा ४ , ७र ८ वडामा रहेको स्वास्थ्य चौकीमा पनि वितरण गरिएको थियो ।

    ‘दोस्रो चरणको कोरोनाका कारण सास फेर्न नपाएर मर्नेहरु धेरै देखियो । स्वास्थ्य सामाग्रीको अभाव महशुष गरेरे नेपाल स्कुल अफ इन्टरपेनरसिप र ईन्टरनेशनल बुद्धिस्त कन्फेडरेशनको  संयुक्त प्रयासमा संकलित ४० वटा अक्सिजन कन्सेन्ट्रेटर बुढानिलकण्ठ र टोखा नगरपालिकामा रहेका आधारभूत स्वास्थ्य चौकी तथा केन्द्रमा गरी झण्डै १५ वटा वितरण गरिसकेका छौँ ।’ बाँकी आवश्यकता हेरेर पुनः वितरण गरिने डाक्टर राणाले बताए ।

    उनले टोखा चण्डेश्वर प्राथमिक स्वास्थ्य केन्द्रका लागि पहल गर्ने टोखा २ वडा वदाध्यक्ष दिपकराज जोशी, समाजसेवी मनिष जोशी र रमेश नापितलाई विशेष धन्यबाद दिए । साथै सहयोग ग्रहण गरिदिएकोमा स्वास्थ्य केन्द्रका व्यवस्थापन अध्यक्ष लगाएत स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु प्रति आभार समेत व्यक्त रहेका थिए ।

    Facebook Comments Box