• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१३ श्रावण २०७९, शुक्रबार


    बिज्ञापन
  • शनिबार टोखामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखा भगवती क्लबले ग्रीनसीटी अस्पतालको विशेष सहयोग र रोटरी क्लब अफ काठमांडौं संगको सहकार्य बाट संयुक्त आयोजनामा भोलि शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

    टोखा नगरपालिका वडा नं २ को प्राङ्गणमा १ दिने शिविर सञ्चालन हुने शिविरमा आउने बिरामीहरूका लागि निःशुल्क औषधि वितरण गर्नुका साथै रगतमा चिनीको मात्रा , स्त्री रोग, हाडजोर्नी, छाला तथा यौनरोग पनि परीक्षण गरिने भएको छ ।

    उक्त रोग विशेषज्ञ नेपालकै ख्याती प्राप्त डाक्टरहरूले शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै रोग सम्बन्धी अभिमुखीकरण पनि गर्ने बताइएको छ ।

    टोखा भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले भगवती क्लबले विगतमा पनि यस खालका शिविर सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष इन्द्रराज जोशीले बताए। टोखामा रहेको अस्पताल महंगो हुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गर्ने बताउँदै भगवती क्लबका महासचिव दीपेन्द्र डंगोलले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए।

    Facebook Comments Box