• खोप कार्डको निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं । कोरोनाविरुद्ध लगाएको खोप कार्ड अनिवार्य गरेको विरुद्धमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ।

    सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको हो।

    सरकारले पुस ३० मा खोप कार्ड बोकेर हिँड्न अनिवार्य गरेपछि खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको रिट निवेदकहरूको दाबी छ। रिट निवदेनमाथि बिहीबार सुनुवाइ हुँदैछ।

    सरकारले यही माघ ७ देखि खोप कार्ड नलिई हिँड्नेलाई सरकारी कार्यालयमा पनि प्रवेश निषेध गरेको थियो ।

    Facebook Comments Box