• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ श्रावण २०७९, बुधबार


    बिज्ञापन
  • साउन २८ गते गणेशस्थानमा रक्तदान कार्यक्रम हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखा भगवती क्लव र  लायन्स क्लब अफ काठमाडौँ टोखा सिटीले आगामी साउन २८ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

    टोखा भगवती क्लव र  लायन्स क्लब अफ काठमाडौँ टोखा सिटीको संयुक्त आयोजनामा साउन २८ शनिबार बिहान १० बजेदेखि टोखा गणेशस्थान परिसरमा रक्तदान कार्यक्रम आयोजना हुने लायन्स क्लब अफ काठमाडौँ टोखा सिटीका पेसिडेन्ट लियो लायन निञ्जन डंगोले जानकारी दिए ।

    उक्त रक्तदान कार्यक्रममा २०० रक्तदाता पुर्‍याउने आयोजकले लक्ष्य लिएको छ ।  रक्तदान गर्न इच्छुक व्यक्तिलाई सहभागि हुन पेसिडेन्ट लियो लायन निञ्जन डंगोले अनुरोध गरेको छ ।

    Facebook Comments Box