• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ भाद्र २०७९, बुधबार


    बिज्ञापन

    न्हुज खल:को ३९ औं वार्षिकोत्सबको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । न्हुज खलः (नयाँ किरण समूह) टोखाले आफ्नो स्थापनाको ३९ औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्थापना दिन भाद्र १ गते प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।

    टोखा गणेशस्थानमा अवस्थित खल:को भवन प्राङ्गणमा लायन्स क्लब अफ काठमाडौं नेपालय्‌सँगको सहकार्य तथा नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ज्योति विकास बैंक टोखा शाखाको सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ११६ जनाले नाम लेखाएकोमा ९६ जनाले रक्तदान गरेको खलःका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

    Facebook Comments Box