• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१० भाद्र २०७९, शुक्रबार


    बिज्ञापन
  • काठमाडौँ क्षेत्र नं ५ (ख) प्रदेश सभा सदस्यमा जोशीको दाबी

    टोखा टाइम्स, काठमाडौं । आसन्न प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका दिपकराज जोशीले दाबी गरेका छन् ।

    कुशल नेतृत्व, प्रभावशाली र शालिन स्वभावका जोशीले मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरिरहेका हुन् ।

    २०४६ सालदेखि पञ्चालयत व्यवस्था बिरुद्धको आन्दोलनबाट राजनीति शुरु गरेका जोशी २०७४ सालको स्थानीय निर्वाचनमा टोखा नगरपालिका २ वडाको अध्यक्षमा प्यानल सहित बिजय भएका थिए । उनले आफ्नो कार्यकालमा आफ्नो नेतृत्वमा रहेको वडालाई टोखा नगरपालिकाका वडा मध्य उत्कृस्त वडाको रुपमा सञ्चान गर्न सफल भएका थिए ।

    नेपाली काँग्रेस टोखा -२ ईकाइ समितिको १२  र १३ औं अभिवेशनमा ईकाइ समितिका सभापतिका रुपमा चयन भएका जोशी पहिलोपटक प्रदेश सभा सदस्यको चुनाव लड्ने तयारीमा जुटेका हुन्।

    सार्वजनीक जग्गाको संरक्षणको लागि उनी टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष पदमा रही आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।

    ऐतिहासिक सांस्कृतिक, पुरात्वातिक तथा सम्पदा संस्कारहरुको संरक्षण पुनर्निर्माण र त्यसको सम्बद्धन र प्रवर्धनका साथै स्वास्थ्य, शिक्षा तथा रोजगारी आफ्नो मुल एजेन्डाका साथ  चुनावी मैदानमा होमिने उनले बताए ।

    राजनीतिमा सक्रिय रहेका उनी सामाजिक तथा  सांस्कृतिक क्षेत्रमा पनि उतिकै सक्रियताका साथ लागि परेका व्यक्तित्व हुन । २०७२ को महाभुकम्प र २०१९ को कोरोना महामारीमा आफु तन मनले सर्वसाधारणको सुरक्षाका लागि अहोरात्र खटी मानवीय र सामाजिक व्यक्तिको रुपमा आफुलाई उभ्यान सफल व्यक्तित्वका धनी जोशी काठमाडौं क्षेत्र नम्बर ५ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारमा उनको सम्भावना बलियो रहेको राजनीतिक वृत्तमा चर्चा परिचर्चा  हुन थालेको छ ।

    नेपालमा बहुदलीय व्यवस्था स्थापनादेखि गणतन्त्र स्थापना गर्नसम्मको विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भुमिगतकालमा संरक्षणका लागि आश्रय दिएर विशिष्ठ भुमिका निर्वाह गरेको टोखाले हालसम्म पनि राष्ट्रीय राजनीतिमा स्थान पाइनसकेको अवस्थामा उनको यो सहास र कदमले टोखाको राजनीति इतिहासमा नयाँ इतिहास रच्ने कुरामा कुनै दुइमत नहोला ।

    Facebook Comments Box