• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ भाद्र २०७९, मंगलवार


    बिज्ञापन
  • टोखा नगर भित्र अतिक्रमण गरेका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना जारी

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले  सार्वजनिक तथा  सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई खाली गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ । भदौ ९ गतेको नगर कार्यपालिकाको बैठकको यहि निर्णयअनुसार उक्त सूचना निकालेको हो।

    ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ । ३५ दिनभित्र खाली नगरे नगरपालिकाले नगरपालिकाको कानुनअनुसार अघि बढ्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकद्धारा जारी सुचनामा जनाइएको छ ।

     

     

    Facebook Comments Box