• टोखा २ र ३ वडामा १९ र २० गतेदेखि राष्ट्रिय परिचय पत्र विवरण संकलन हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिका २ र ३ वडामा राष्ट्रिय परिचय पत्र विवरण संकलन हुने भएको छ । टोखा २ मा यही भाद्र १९ गतेदेखी र ३ मा भाद्र २० गतेदेखि राष्ट्रिय परिचय पत्र विवरण संकलन शुरु हुने वडा कार्यालयले सूचना मार्फत जनाएको छ ।

    राष्ट्रिय परिचय पत्र विवरण संकलन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडा कार्यालय भवनमा हुनेछ । एक दिनमा ८० जनाको विवरण संकलन गरिने समेत वडा कार्यालयले जनाएको छ ।

    १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएकाले राष्ट्रिय परिचय पत्र बनाउन पाउनेछन् । राष्ट्रिय परिचय पत्र बनाउनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल, नागरिकता प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा नगरपालिकाको सिफारिस, राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपी, बसाईसराई गरेकाहरुको हकमा बसाईसराई प्रमाण पत्रको सक्कल, विवाहितको हकमा नागरिकताक पति/पत्निको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाण पत्र सक्कल सहित परिचयपत्र बनाउने ब्यक्ति स्वयम् अनिवार्य उपस्थित हुनु पर्ने छ ।

    टोखा नगरपालिकाका ११ वटै वडा कार्यालयहरुमा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य सञ्चालन भैरहेको छ ।

    Facebook Comments Box