• टोखा टाइम्स

    • प्रकाशित मिति:१८ भाद्र २०७९, शनिबार


    बिज्ञापन
  • टोखा परम्परागत चाकु संरक्षण समाज टोखालाई नारायणदेवी-तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार

    टोखा टाइम्स डट कम, काठमाडौँ । टोखा परम्परागत चाकु संरक्षण समाज टोखालाई नारायणदेवी-तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।

    टोखा परम्परागत चाकु संरक्षण समाजले परम्परागत बाबुबराजुले गर्दै आइरहेको लोपोन्मुख व्यवसायलाई नयाँ आधुनिक पुस्तामा हस्तान्तरण गरी नेवा:समुदाय व्यवसाय उद्योगको रूपमा विकास गरेको भन्दै नेवा: देय् दबुको २८ औं स्थापना दिवसको अवसरमा १ लाख राशीको नारायणदेवी-तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठलाई प्रदान गरिएको हो।

    त्यस्तै, नारायणदेवी तिर्थ पुरस्कार अन्तरगत समाजसेवा बिधामा गणेशराम लाछी (मध्यपुर थिमी), र गिरिधरलाल नेपालभाषा सेवा पुरस्कार महेन्द्र गोपाल कर्माचार्य , (विराट नेपालभाषा साहित्य सम्मेलन गूठी ख्वपलाई र नेवा, अमेरिकन दबु सिकागो) लाई प्रदान गरिएको थियो ।

    नेवारहरुको राष्ट्रिय संगठन नेवा: देय् दबुको २८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा प्रमुख अतिथि तथा नेवा: देय् दबुको संरक्षक मल्ल के सुन्दरले पानसमा दिप प्रजवलन सहित औपचारिक उद्घाटन गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गरेका थिए  ।

    नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेवा: देय् दबुका संरक्षक मल्ल के सुन्दरले पानसमा दिप प्रजवलन सहित औपचारिक उद्घाटन गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गरेका थिए  ।

    नेवा: देय् दबूको स्थापना दिवस ञलाथ्व सप्तमी भदौ १८ गते नेपालभाषा साहित्य , संस्कृति , उद्योग व्यवसाय आदि विधामा १/ १ लाखको तिनवटा पुरस्कार प्रदान गरिदै आइरहेको छ । नेपाल सम्वत ११३२मा स्थापना भएको नारायणदेवी- तिर्थ नेवा: समाज सेवा पुरस्कार , नारायणदेवी -तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार नेवा: देय् दबूको स्थापना दिवसमा पुरस्कार हस्तान्तरण हुँदै आइरहेको छ।

    नेपाल सम्वत ११३२मा स्थापना भएको नारायणदेवी- तिर्थ नेवा: समाज सेवा पुरस्कार , नारायणदेवी -तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार नेवा: देय् दबूको स्थापना दिवसमा पुरस्कार हस्तान्तरण हुँदै आइरहेको छ। नेवा: देय् दबूको स्थापना दिवस ञलाथ्व सप्तमी भदौ १८ गते नेपालभाषा साहित्य , संस्कृति , उद्योग व्यवसाय आदि विधामा १/ १ लाखको तिनवटा पुरस्कार प्रदान गरिदै आइरहेको छ ।

    Facebook Comments Box