• टोखा टाइम्स

    • प्रकाशित मिति:२१ भाद्र २०७९, मंगलवार


    बिज्ञापन
  • अव्यवस्थित तार हटाउदैं टोखा नगरपालिका, सडकमा उत्रए मेयर अधिकारी

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले छरपस्ट रहेका फोन, इन्टरनेटलगायतका तार  हटाउने भएको छ । विभिन्न सेवा प्रदायक कम्पनीहरु सँगको छलफल पछि अव्यवस्थित तार हटाउन थालिएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।

    नगर प्रमुख अधिकारीले सबै सेवाप्रदायकलाई आआफ्नो तार पहिचान गर्न र एउटा पोलदेखि अर्कोसम्म कम्पनीको तार पहिचानको ट्याग राख्न आग्रह गर्नुभयो । तार व्यवस्थापन नगरिए नगरपालिकाले तार काट्ने उनको भनाइ छ ।

    इन्टरनेट सेवाप्रदायक, केबल अपरेटर्स एवं सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवा प्रवाह गरिरहेका छन् । सहरी सौन्दर्य कायम गर्न र अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाले नगर प्रहरी, कर्मचारी परिचालन गरेको छ ।

    Facebook Comments Box