• सरस्वती माविको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिले पाएन पुर्णता

    टोखा टाइम्स, काठमाडौँ । श्री सरस्वती माध्यमिक विद्याल , टोखाको अभिभावक भेला सम्पन्न भएको छ । असोज ३ गते सम्पन्न भएको उक्त भेलाले शिक्षक अभिभावक संघको गठन गरिए पनि  विद्यालय व्यवस्थापन समितिले भने पुर्णता नपाएको हो ।

    विद्यालय व्यवस्थापन समितिका लागि गैर अभिभावकबाट १ सदस्य चयन गर्ने टोखा टोखा नगरपालिकाको नगर शिक्षा ऐन २०७५ को ३१ परिच्छेद ४ को दफा ३१ (अ) मा व्यवस्था भए अनुसार उक्त सदस्य पदका लागि ३ जना  आकाँक्षीहरु बीच सहमती हुन नसक्दा विद्यालय व्यवस्थापन समितिले पुर्णता पाउन सकेन ।

    उक्त पदका लागि २० जनाले आकाँक्षा देखाएका थिए । त्यस, मध्यबाट आआफ्नो आकाँक्षीहरुलाई समर्थन जनाउदै नाम झीक्दै जाँदा ३ जना बाँकी रहेका थिए । जसमा २०५७ साल ताका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजराज श्रेष्ठ, निवर्तमान सदस्य अष्ट नारायण डंगोल र २०६७ देखि ०७७ सम्म विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी सम्हालेका धर्म डंगोल रहेका छन् । सो पदका लागि अधिकाँसले धर्म डंगोललाई समर्थन गरेर आफ्नो नाम फिर्ता लिएका थिए । सहमतीमा टुङ्याउने भनेपनि पटक पटकको प्रयासबाट पनि सहमती जुटाउन नसकेपछि असोज ५ गते पुन बस्ने गरी छनौन प्रक्रिया स्थगन गरिएको टोखा नगर शिक्षा शाखा प्रमुख तथा छनोट समितिका संयोजक बाबुराम डंगोलले जानकारी दिए ।

    टोखा नगरपालिकाको नगर शिक्षा ऐन २०७५ को ३१ परिच्छेद ४ को दफा ३१ (अ) अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकका तर्फबाट हरिबहादुर सुनार (दलित) पुजा तामाङ (महिला) र प्रेमराज बराल (खुल्ला) बाट छनोट भएको छनोट समितिका सदस्य तथा टोखा नगर शिक्षा शाखाका शिक्षा अधिकृत खग्रेन्द्रसिह धामीले जानकारी दिए ।

    त्यस्तै उक्त भेलाबाट अभिभावकको तर्फबाट डा. धन बहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदसीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । जसको अभिभावको तर्फबाट सदस्यहरु सरु तामाङ, गोपि जंग सेजुवाल, शान्ति डंगोल, सारग श्रेष्ठ र श्रीदेबी श्रेष्ठ रहेका छन् । त्यस्तै शिक्षकको तर्फबाट सदस्यहरु सविता डंगोल जुनी डंगोल विपिन श्रेष्ठ रामजी भण्डारी र सुरेन्द्र कोइराला रहेका छन् ।

    छनोट समितिमा संयोजक बाबुराम गौतम  (टोखा नगर शिक्षा शाखाका प्रमुख), सदस्य धर्मेन्द्र श्रेष्ठ (टोखा २ वडाध्यक्ष),  अर्जुन श्रेष्ठ (विद्यालय प्रधानाध्यापक)  र खग्रेन्द्र सिंह धामी (शिक्षा अधिकृत) रहेका थिए ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिहराज श्रेष्ठको अध्यक्षता सम्पन्न उद्घाटन सत्रमा टोखा प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख मुरारी तामाङले आफुले सानोमा अध्ययन गरेको विद्यालयले आजको दिनमा गरेको शैक्षिक तथा भौतिक पुर्वाधारको उन्नति देख्दा आफु निकै हर्षित भएको बताएका थिए ।

    ‘शैक्षिक क्षेत्रमा विद्यालयले गरेको प्रगतिले आफु निकै नै हर्षित छु । अझ विद्यालयको संवाङ्गिन विकासका लागि मेरो व्यक्तगत तथा नगरपालिकाले सक्दो सहयोग गर्ने बाचा गर्दछु । ‘ उनले कार्यक्रममा सम्बोधनका क्रममा बताए ।

    उनले विद्यालयमा राजनीति गर्न नहुने भन्दै नयाँ गठन हुने विद्यालय व्यस्थापन समिति राजनीतिबाट टाढा गरी गर्न समेत अनुरोध गरेका थिए ।

    त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले विद्यालयको गुणस्तर शिक्षाका लागि शैक्षिक स्तोरोन्ती गर्दै त्रिभुवन विश्वविध्यालयबाट सम्बन्धन लिई स्नातक तह सञ्चालन गर्न आवश्यक पर्ने नीतिगत तथा बजेटको लागि सहयोग गर्न आफु तत्पर रहेको बताए ।

    विद्यालयको विगत र वर्तमान अवस्था, गतिविधि तथा भविष्यको योजनाको बारेमा विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठले कार्यक्रममा जानकारी गराएका थिए ।

    हाल विद्यालयमा १३ सय विद्यार्थी संख्या रहेको छ  कक्षाकोठाको अभावका कारण नयाँ विद्यार्थी भर्ना लिन समस्या भैरहेको प्र.अ श्रेष्ठले कार्यक्रममा बताए । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भैरहेको, विद्यालयको प्रत्यक कोठामा प्रोजेक्टर र सीसी क्यामरा जडान, प्रोजेक्टर मार्फत अध्ययन अध्यापन गराइदै आइरहेको र कक्षा ९ र १० मा स्मार्ट टिभि बोर्ड मार्फत अध्ययन अध्यापन गराउने तयारी भैरहेको समेत उनले बताए । व्यवस्थित कम्प्युटर तथा साइनस ल्याबको व्यवस्था रहेको साथै विद्यालयको आवश्यक भवन तथा पुर्वाधार लगायत अन्य चिज सहयोगी दर्ताहरुको सहयोगमा व्यवस्थापन गर्दै आगाडि बढिरहेको समेत उनले जानकारी दिए । यसका साथै, टोखा ३ अवस्थित मेघा सिटीनमा विद्यालयको पक्कि नयाँ भवन निर्माण कार्यभैरहेको समेत उनले जानकारी गराए ।

    कार्यक्रमा बोल्ने अधिकाँसले विद्यालयको हितका लागि सबै आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड् दिएका थिए ।

    विद्याल व्यवस्थापन समितिका अध्यक्ष सिंहराज श्रेष्ठको सभाअध्यक्षमा सम्मन्न  भेलामा टवखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिका २ र ३ का अध्यक्षद्वर धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल,  ३ वडाका वडा सदस्य हरिकृष्ण श्रेष्ठ, शान्ता राई, राममाया नेपाली,विद्याल व्यवस्थापन समितिका सदस्यहरु अष्ट नारायण डंगोल, महेश्वरी डंगोल, श्याम कृष्ण श्रेष्ठ, खगेन्द्र ढकाल, मञ्जु पुरी, कृष श्रेष्ठ, सुजिता चौहान, बाबुराम गौतम, सदस्य सचिव अर्जुन श्रेष्ठ, पुर्व व्यवस्थापन समितिका अध्यक्ष गजराज श्रेष्ठ, बाबुलाल डंगोल, धर्म डंगोल विद्यालयका पुर्व प्रधानध्यापक बाबुलाल भण्डारी, पुर्व शिक्षक तथा लेखा शुक्र नारायण श्रेष्ठ विभिन्न राजनीतिक दलका प्रतिनिधि अभिभावक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box