• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ भाद्र २०७९, सोमबार


    बिज्ञापन
  • टोखा- २ वडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका २ नम्वर वडा कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    नेपाल मेडिकल कलेज, सिनामंगलको प्राविधिक सहयोगमा सोमबार तलेजु मन्दिर परिसरमा सम्पन्न उक्त शिविरमा जनरल मेडिसिन, शल्यक्रिया, नाख, कान, घाटी परिक्षण, भिडियो एक्सरे, प्रसुति तथा स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग परिक्षण, छाला तगा योन रोग, आँखा परिक्षण तथा उपचार लगायतको नि:शुल्क उपचार सेवा उपलब्ध रहेको शिविरमा बिरामीहरूको उत्साजनक सहभागी रहेको आयोजक तथा टोखा नगरपालिका २ का वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए ।

    उक्त शिविरमा न्हुज: खल:, फ्रेन्डशिप ग्रुप अफ टोखा र टि.एस.टि हेल्थ क्लब टोखाको सहयोगमा सम्पन्न भएको थियो ।

    Facebook Comments Box