• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० माघ २०७८, बिहीबार


    बिज्ञापन
  • टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शुरु

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता कार्य शुरुभएको छ । नगरपालिकाले नेपाली राष्ट्रिय परिचय वितरणको लागि बिवरण प्रविष्ट गर्ने कार्य संचालन भएको हुँदा स्थायी बासिन्दा तथा तत्काल विधुतीय राहदानी बनाउन आवश्यक भएका नागरिकहरुले आवश्यक कागजात सहित नगरपालिकाको कार्यालयमा उपस्थित हुन बिहिबार सार्वजनिक सुचना मार्फत जानकारी गराएको हो ।

    सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न शुरु गरे संगै काठमाडौँ जिल्लाको ५ वटा नगरपालिका र देशभर अन्य २८ वटा पालिकाहरूबाट यो सेवा शुरु भएको छ । यसैगरी अन्य पालिकाहरूमा पनि क्रमशः सेवा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको छ । यसभन्दा अघि परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण हुने हुँदा सेवाग्राहीको अत्यधिक भिड रहने गर्दथ्यो । रातभर लाइनमा बस्न बाध्य भएका सेवाग्राहीहरू अब राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नु पर्ने झन्झटबाट मुक्त हुने बिश्वास गरिएको छ ।

    आवश्यक कागजातहरु

    • नेपाली नागरिकताको प्रमाणपत्र सक्कल र प्रतिलिपि
    • राहदानी लिएको भए सो को सक्कल र प्रतिलिपि
    • बसाइ सराइ भइ आएको हकमा उक्त बसाइसराइ प्रमाणको   सक्कल र प्रतिलिपि
    • विवाहितको हकमा नागरिता प्रमाणपत्रमा पति पत्नीको नाम उल्लेख नभएमा बिवाह दर्ता प्रमाणको सक्कल र प्रतिलिपि
    • एकल महिलाको हकमा पति मृत्यु दर्ताको सक्कल र प्रतिलिपि

    Facebook Comments Box