• टोखा टाइम्स

    • प्रकाशित मिति:२३ आश्विन २०७९, आईतवार


    बिज्ञापन
  • ईश्वोर पोखरेल र प्रदिप पौडेल विरुद्ध विजय कँडेलको स्वतन्त्र उम्मेदवारी -काठमाडौं क्षेत्र नम्बर ५

    टोखा टाइम्स, काठमाडौँ । युवा व्यवसायी तथा समाजसेवी जाग्यो नेपालका संयोजक विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी मनोनयन गराएका छन्।

    स्वतन्त्र उठ्ने घोषणा गरेका कँडेलले समर्थकसहित आइतवार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

    स्वतन्त्र उम्मेदवार कँडेलको चुनावी प्रतिस्पर्धामा  कांग्रेसका उम्मेदवार प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल तथा स्वतन्त्र उम्मेदवारी दिएकी पूर्व विवेकशील साझा नेतृ रञ्जु दर्शना लगायतबीच हुने भएको छ ।

    Facebook Comments Box