टोखा टाइम्स, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
पोखरेल २०७४ को निर्वाचनमा पनि काठमाडौँ ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै, एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराएका छन्।