• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ माघ २०७८, शनिबार


    बिज्ञापन
  • रहेनन् संस्कृतिकर्मी सुब्बा

    टोखा टाइम्स, काठमाडौँ । टोखाका अग्रज संस्कृतिकर्मी सुब्बा डंगोल ८७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। टोखामा दाफा भजन र धां बाजाको विकासमा डंगोलको योगदान महत्वपूर्ण मानिन्छ।

    श्री सपनतीर्थ दाफा भजनमा संलग्न उनी आफ्जो जीवन कालमा खिं, पश्चिम्‌मा र क्वः खिं  बाजाका कुशल वाद्यवादक थिए । उमेरसँगै स्वास्थ्यले साथ नदिए पछि वाद्यवादनबाट टाढा रहेका उनी टोखा भरीमा एकमात्र क्वः खिं बाजाका ज्ञाता थिए । उनको मृत्युसँगै क्वः खिं बाजाको ताल, लय र धुन सदाका लागि बिलुप्त भएको छ । उनी टोखामा धां बाजाको परम्परालाई भित्र्याउने मध्यका एक थिए ।

    उनको मृत्युले सिंगो टोखाको भाफा भजन, संगीत र संस्कृतिमा अतुलनीय क्षति पुगेको छ।

    Facebook Comments Box