टोखा टाइम्स, काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा काठमाडौँ- ५ इञ्चार्ज धर्म डंगोलसहित टोखामा क्रियाशील माओवादीका नेताहरूले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा काठमाडौँ- ५ इञ्चार्ज डंगोल, काठमाडौँ जिल्ला कमिटी सदस्य तथा उद्योग व्यापार संघ काठमाडौँ जिल्ला अध्यक्ष शेखर श्रेष्ठ, टोखा नगर २ वडा कमिटी सहसचिव सुरेन्द्रराज लवट, टोखा नगर ६ वडा कमिटी अध्यक्ष अमर सिंह, टोखा नगर कमिटी सदस्य लेख बहादुर दियालीले राजिनामा दिएका हुन ।
“पार्टीको बलिदान र गौरवपुर्ण इतिहासलाई तिलाञ्जली दिएर राष्ट्रघाती MCC र नागरिकता बिधेयकमा सहिछाप गरि आफ्नो वर्ग धरातल बिर्सेर गठबन्धनको नाममा टाङ्ग मुनि छिरेर काठमाडौको पार्टी ढोष्ट पार्ने र बक्तब्य गरेर रमाउने स्वच्छेचारी नेतृत्वले गर्दा आजको मितिबाट स्वतन्त्र रुपमा राष्ट्र र जनताको सेवामा समर्पित रहने गरि नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने गरि सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको छु ।”- डंगोले बताए ।
उनले आफ्नो राजिनामा पत्र कमिटीको अध्यक्ष सरल सहयात्री र इन्चार्ज हितमान शाक्यलाई कार्तिक १८ गते बुझाएका थिए ।