• समाजबादी प्रेस संगठन काठमाडौँको अध्यक्षमा लामा

    टोखा टाइम्स, काठमाडौँ । नेकपा एकीकृत समाजबादी निकट पत्रकारको काठमाडौँ जिल्ला कमिटी गठन भएको छ ।

    शनिबार जनता दबली नयाँबानेश्वरमा आयोजित भेलामा पत्रकार भीम लामाको अध्यक्षतामा १७ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको कार्यसमिति घोषणा गरिएको हो । सोहि, कमिटीमा उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ, उपाध्यक्ष (महिला)मा लक्ष्मी चौलागाई,  सचिवमा योग्नद्र चौलागाई, सहसचिवमा रुपचन्द्र महर्जन, सहसचिव (समावेशी) मा गणेश वि.क.,कोषाध्यक्षमा सुजन पाख्रिन चयन भएका छन् । भने अन्य सदस्यहरुमा मेनुका कार्की, सुसन भट्टराई, बद्री चौलागाई, स्यारोन घिसिङ, सुनकुमारी थिङ, राजकुमार सुब्बा, राम चन्द्र रम्तेल, यमन मुन्देली र डिक श्रेष्ठ रहेका  छन् ।

    नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य अशेष घिमिरे, पार्टीका काठमाडौं जिल्ला समिति अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, उपत्यका प्रदेश सचिव आशिष गुरागाई, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box