• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ कार्तिक २०७९, बिहीबार


    बिज्ञापन

    गणेशमान सिंहको १०८ औँ जन्म जयन्ती मनाइयो

    टोखा टाइम्स, काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८ औँ जन्म जयन्ती बिहीबार मनाइएको छ । दिवसको अवसरमा बिहान टोखामा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

    नेपाली काँग्रेस टोखा नगर २ इकाई समितिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक प्राप्ति लागि गरिएको आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

    उनले गणेशमा नेशनल मन्डेला भन्दा कम नभएको जिकिर गर्दै हाम्रो देश सानो भएको र नेपालको राजनीतिलाई अन्तराष्ट्रिय पहिचान बनाउन नसकेको पौडेलले बताए ।

    उनले भने-‘गणेशमान जस्तो नेतालाई हामीले अन्तराष्ट्रिय रुपमा विख्याती कमाने स्थितिमा पुर्‍याउन सकेनौँ । संसारमा लोकतन्त्रको लागि लड्ने अत्यन्त निष्ठावान, समर्पण भएको, धेरै योगदान पुर्‍याउने व्यक्ति हुन गणेशमान । हामीले पदको राजनीतिलाई  एकदम धेरै प्रशय दिएको स्थिति छ राजनीति केवल पदका लागि मात्र हो भन्ने हाम्रो मनोविज्ञान बनेको छ । अहिलेकका पुस्तालाई गणेशमानको त्याग र तपस्याको बारेमा बताउन जरुरी भएको छ। उहाँलाई पछिल्लो पुस्तामा चिनाउँ जरुरी छ । आजको दिनमा म उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँ जस्तै देश र जनताप्रति समर्पित भएर लाग्ने प्रण गर्दछु ।’

    ‘हामीले आज गम्भिर भएर सोच्नु पर्छ गणेशमानको बाटो तिर लान सक्यौं भने नेपाली राजनीति विश्वासिलो बन्न सक्छ । समाज र देशले राजनीतिबाट फाइदा लिन सकिन्छ’ – उनले भने ।

    नेपाली काँग्रेस टोखा नगर २ इकाई समिति तथा कार्यक्रमका सभापति हेराकाजी महर्जन सहित कार्यक्रममा नेपाली काँग्रेस महाभिवेशन प्रतिनिधि कशिनारायण श्रेष्ठ, नेकपा माओवादी नेतृ कल्पना शर्माले सम्बोधन गर्दै गणेशमानको ब्यक्तित्व र उनको योगदानको बारेमा चर्चा गरेका थिए ।

    Facebook Comments Box