• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ कार्तिक २०७९, आईतवार


    बिज्ञापन
  • काठमाडौं क्षेत्र नं. ५ : ईश्वरलाई प्रदीपको डर, प्रदीपलाई बागी र स्वतन्त्रको डर !

    टोखा टाइम्स, काठमाडौं । काठमाडौं क्षेत्र नं . पाँचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । एमाले वरिष्ठ नेता ईश्वर पोखरेल र कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल विच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । पोखरेल आफ्नो क्षेत्र सुरक्षित गर्न प्रयत्नशिल देखिन्छ भने नयाँ पौडेल पहिलो पटक संसदको ढोका खोल्ने प्रयासमा छन् ।

    पोखरेल र पौडेल आ – आफ्नो रणनिति र दाउपेच प्रयोग गरिरहेका छन् । अघिल्लो निर्वाचनमा करिव १० हजार मतान्तरले विजयी पोखरेललाई पौडेलले चुनौति दिइरहेका छन् ।

    पोखरेललाई निरन्तर शक्तिमा हुँदा पनि महशुस हुने गरी काम गर्न नसकेको भन्ने आरोप छ भने पौडेललाई क्षेत्रमा नभिजेको ‘टुरिष्ट’ उम्मेदवार भन्ने आरोप छ । यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत राम्रो प्रभाव देखिन्छ । उक्त पार्टीबाट डा. रामप्रसाद उप्रेति उम्मेदवार छन् ।

    बागी विद्रोही र स्वतन्त्रको दबदबा

    क्षेत्र नं . ५ मा मुख्य दलका बागी विद्रोही र स्वतन्त्र उम्मेदवारको समेत ठूलो लर्को छ । एमालेका पोखरेल र कांग्रेसका पौडेललाई आ – आफ्नै बागी उम्मेदवारहरुले झस्काइरहेका छन् । पोखरेल आफ्नै दलवाट बागी बनेका शुसान्त श्रेष्ठसंग शसंकित छन् भने पौडेल कांग्रेसबाटै बागी बनेका डा . प्रणय शमशेर राणासंग झस्किएका छन् । श्रेष्ठ र राणा दुवैको प्रचार – प्रसार आक्रामक छ । उनीहरु आफ्नो पक्षमा मतदाताहरुलाई तान्न सफल देखिन्छ ।  उनि  क्षेत्रबाट उम्मेवार बनेका श्री गुरुङ को चर्चा पनि ठूलै छ । उनको प्रचार प्रसार अरुको भन्दा आक्रामक छ ।

    रञ्जु दर्शनाको अवस्था कस्तो छ ?

    पाँच वर्ष अघि काठमाडौं महानगर पालिकाको मेयरमा उठेर २१ हजार भन्दा बढी मत पाएकी ताकालिन विवेकशिल साझा पार्टीकी उम्मेदवार रञ्जु अहिले क्षेत्र नं . ५ मा स्वतन्त्र उम्मेदवार छिन । रञ्जुलेले चुनाव जित्ने भन्दा पनि कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो पार्न सम्भावन बढी रहेको धेरैको बुझाई छ ।

    उनले आवद्धता तोडेको विवेकशिल साझाको यो क्षेत्रमा करिव ७ हजार मत छ । अघिल्लो निर्वाचनमा उक्त पार्टीका अध्यक्ष समेत रहेका उज्वल थापाले करिव सात हजार मत पाएका थिए । दर्शनाको भोटको मूल स्रोत त्यहि हो । त्यो बाहेक केहि मत कांग्रेसबाट जान सक्ने देखिएको छ । दर्शनावाट एमालेलाई निकै कम खतरा छ । थापाको कोरोना संक्रमणवाट निधन भइसकेको छ ।

     

    Facebook Comments Box