• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ माघ २०७८, आईतवार


    बिज्ञापन

    श्रीपञ्चमीमा सामूहिक व्रतबन्ध

    टोखा टाइम्स । श्रीपञ्चमीको अवसरमा सपनतीर्थ दाफा खल: ले सामूहिक व्रतबन्ध सम्पन्न गरेको छ ।
    आइतबार सपनतीर्थ मन्दिर परिसरमा भएको सामूहिक व्रतबन्धमा नेवार समुदायका २७ जना बटुकलाई पण्डितले मन्त्रोदान गराएका थिए । यस वर्ष प्रतिबटुक रु पॉच हजार पॉच सय लिएर व्रतबन्ध गराइएको हो । तोकिएको शुल्क तिरेपछि सपनतीर्थ दाफा खल:को तर्फबाट बटुकका अभिभावकलाई खानपिनको व्यवस्थासमेत गरिएको छ । सामूहिक व्रतबन्धमा सहभागी हुन टोखाका साथै गंगबु , पासीकोट, धमल: र धर्मस्थली समेत बटुक आएको दाफा खल: का सदस्य देवराज डंगोलले जानकारी दिए ।
    दाफा खल:द्वारा आयोजित यो तेस्रो सामूहिक व्रतबन्ध हो ।सामूहिक व्रतबन्धबाट अहिलेसम्म ३ सय भन्दा बढीले लाभ लिइसकेको र व्रतबन्धबाट प्राप्त रकम पुण्य कार्यमा खर्च गरिने डंगोलले बताए ।
    सामूहिक इही र व्रतबन्ध गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीका कारण सामूहिक व्रतबन्ध मात्र गरिएको र बैशाख ६ गते सामूहिक इही गरिनेसमेत दाफा खल:का सदस्य देवराज डंगोलले जानकारी दिए ।
    Facebook Comments Box