टोखा टाइम्स, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले चुनाव विकृति विसंगति र भ्रष्टाचार विरुद्धको आन्दोलन समेत भएकाले मतदाताहरुले सचेतता पूर्वक मतदान गर्नुपर्ने बताएका छन ।
सोमबार टोखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राजनिति खराव मान्छेले गर्छन भन्ने कुरालाई बदल्दै इमानदारहरुले राजनिति गर्छन भन्ने मान्यता स्थापित गर्नु पर्ने बताए । काठमाडौं संधिय राजनाधी भए पनि अनेकौ समस्या रहेकाले धेरै काम गर्नु पर्ने बताए । पौडेलले एमाले तर्फ इंगित गर्दै केहि पात्रहरुका कारण राजनिति दुषित बनेको आरोप लगाए ।