• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ कार्तिक २०७९, मंगलवार


    बिज्ञापन
  • चुनावी एजेण्डा व्यवहारमा कार्यान्वयन गर्छौ : खड्‌का

    टोखा टाइम्स, काठमाडौं । काठमाडौं क्षेत्र नं . ५ (ख) का नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार श्याम बहादुर खड्काले टोखाको प्राचीन सभ्यता र संस्कृति जोगाउन आफु क्रियाशिल रहने बताएका छन् । सोमबार टोखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले टोखा चण्डेश्वरी क्षेत्रबाट पदमार्ग निर्माण गर्ने आफ्नो एजेण्डा रहेको बताए । उनले टोखाका मठमन्दिर र सम्पदाको निर्णउद्वार गरिने बताए ।

    कांग्रेस क्षेत्र नं ५ को समग्र विकासमा इमानदारी पूर्वक लाग्ने बताउँदै खड्काले एमालेवाट निर्वाचित प्रतिनिधिले जनअपेच्क्षा अनुसार काम गर्न नसकेकाले आफुलाई मौका दिन आग्रह गरे । चुनावमा घोषणा गरिएको एजेण्डा र प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्ने वचनवद्धता व्यक्त गर्दै उनले कांग्रेस उम्मेदवारहरुलाई जिताउँन आग्रह गरे ।

    Facebook Comments Box