• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ कार्तिक २०७९, मंगलवार


    बिज्ञापन

    टोखा विशेषः को कहाँबाट ?

    टोखा टाइम्स, काठमाडौँ । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि टोखाबाट ६ जनाको सहभागी रहेका छन् ।

    काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट शैलेश डंगोल उम्मेदवार छन् । उनी पहिलो पट्क प्रतिनिधिसभा निर्वाचमा होमिएका हुन् ।

    काठमाडौँ-५ (ख) प्रदेश सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका वीर बहादुर डंगोल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसनलाल श्रेष्ठ  उम्मदवार रहेका छन् । वीर बहादुर डंगोल गएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका रुपमा नेमकिपाबाट उम्मेदवारी दिएका थिए । उनले ६३६ मत ल्याएका थिए । सुसनलाल श्रेष्ठ प्रदेशसभा सदस्यमा पहिलो पटक सहभागि भएका हुन् ।

    त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाबुलाल डंगोल, नेमकिपाबाट कशिनारायण डंगोल र नेकपा (एकीकृत समाजवादी) बाट अष्ट नारायण डंगोल प्रतिनिधिसभामा समानुपातिक सदस्य उम्मेदवार रहेका छन् ।

    Facebook Comments Box