टोखा टाइम्स, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ – ४ का प्रतिनिधिसभा सदस्य गगन कुमार थापा र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काठमाण्डौ – ४ (ख) का प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका -११ मा घरदैलो अभियानलाई तिव्रता दिएका छन्।
कार्तिक १८ गते गणेशस्थान मन्दिरमा विधिवत रूपमा पुजाआज गरी सुरू भएको गगन कुमार थापाको चुनावी घरदैलो अभियान मंगलबार दिन भर बुढानिलकण्ठ – ११ मा केन्द्रीत रहेको थियो ।
काठमाण्डौ – ४ मा लोकतान्त्रिक गठबन्धन गरेर चुनावी मैदानमा आएका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेदवारहरुको सहभागितामा भएको सो घरदैलो कार्यक्रममा स्थानियहरुको न्यानो स्वागत र साथ प्राप्त भएको नेपाली काङ्ग्रेसको नेताहरूले बताए ।
बुढानिलकण्ठ – ११ मा नेपाली काङ्ग्रेसले स्थानीय तह निर्वाचनमा थोरै मतले वडाअध्यक्षमा पराजित हुन परेको थियो । समग्र मत परिणामको हिसावले काङ्ग्रेस र एमाले बराबरीको हिसाबमा देखिने र त्यहाँ नेकपा एस र माओवादीको मत जोडने हो भने काङ्ग्रेस ४/५ सय मतले अगाडि हुने काङ्ग्रेस नेताहरूको दाबि छ।