टोखा । नेकपा(एमाले)का वडासदस्य प्रत्याशी धर्मेन्द्र खड्गी सहित दर्जनौं नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
टोखा-२ का निवर्तमान वडाध्यक्ष दिपकराज जोशीको संयोजकत्वमा बुधकार आयोजित विशेष कार्यक्रममा २०७४ सालको स्थानीय निर्वाचनमा टोखा- २ नेकपा (एमाले) बाट वडासदस्य प्रत्याशी रहेका धर्मेश खड्गी सहित ५० जना नेता तथा कार्यकर्ता लाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं-५ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार प्रदीप पौडेल र काठमाडौं क्षेत्रिय सभापति तथा काठमाडौं-५(ख) प्रदेशसभा सदस्य उम्मेदवार श्याम बहादुर खड्काले स्वागत गरेका थिए ।
सो कार्यक्रममा सम्बोधन गर्दै पौडेलले भने-‘नेपाली काँग्रेसमा प्रवेश गरेर मैले ठीक गरेको रहेछु भन्ने महशुष गराउने गरी हामीले यहाँहरुलाई संगसंगै अगाडि बढाउनेछौँ काँग्रेसमा प्रवेश गरेर पछुटाउनु नपर्ने स्थिति बन्न दिने छैन ।’
खड्गी समुदाय मेहेनती र धर्म संस्कृतीसँग जोडिएको समुदाय भन्दै संस्कृति र संस्कारको संरक्षणको लागि अक्षयकोषको स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु, उनले भने ।
पौडेलले यो निर्वाचन निष्ठा, हार्ने र जित्नेकुरासँग जोडिएको बताए । उनले नेपालको राजनीतिमा खल पात्रको रुपमा रहेका व्यक्तिलाई राजनीतिबाट बाहिर फाल्ने वा बलियो बनाउने विषयसँग जोडिएको भन्दै गम्भिर भएर मतदान गर्न अनुरोध गरे ।
त्यस्तै काठमाडौँ-५ (ख) प्रदेशसभा सदस्य श्याम बहादुर खड्काले नेपाली काँग्रेको प्रतिबद्धता र कार्यपत्रको आधारमा मतदान दिएर सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रम संयोजक दिपकराज जोशीले विभिन्न समययमा नेपाली काँग्रेसका कार्यकर्ता भएर विचमा एमाले लगायत विभिन्नमा राजनीतिक दलमा प्रवेश गरेर पुनः नेपाली काँग्रेसमा प्रवेश गरेकोमा खुशी ब्यक्त गरेका थिए ।