• टोखा टाइम्स

    • प्रकाशित मिति:२ मंसिर २०७९, शुक्रबार


    बिज्ञापन

    प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव, कांग्रेस कार्यकर्ताद्वारा एमालेविरुद्ध नाराबाजी

    नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव उत्पन्न भएको छ । कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुशान्त श्रेष्ठ, हेमराज थापा लगायत पनि वृत्तमा सहभागि रहेका छन् ।

    कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भइ नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा प्रहरी सुरक्षा बढाइएको छ । शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित ३ जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।

    उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरूले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।

    पक्राउ परेकाहरूलाई प्रभागबाट महाराजगन्ज वृत्त लगेर थप अनुसन्धान गरिने बताइएको छ ।

    उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । ‘म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लमासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्रणाी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ मित्रहरु आरोप पुष्टी गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस्,’ निरौलाले फेसबुकमा लेखेका छन् ।

    Facebook Comments Box