• टोखा टाइम्स

    • प्रकाशित मिति:२ मंसिर २०७९, शुक्रबार


    बिज्ञापन
  • पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ

    मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

    पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ ।

    उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।

    Facebook Comments Box