टोखा टाइम्स, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले शुरुवाटी अग्रता कार्यम बनाई राखेका छन्।
दुहजार पाँच सय ३ सय मत गणना हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलभन्दा पछिल्लो समय पौडेल १५२ मतले अगाडि छन्।
एक हजार मत गणना हुँदा पौडेलको ७०४ र पोखरेलको ५५२ मत आएको निर्वाचन आयोजले जानकारी दिएका छन्।
तस्तै, नेमकिपाका शैलेश डंगोल २८३, राष्ट्रिय स्वतन्त्र पार्टी डा.प्रणय शम्शेर राणा २३४, स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठ १९६ र श्रीराम गुरुङ १५८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले १२ मत ल्याएकी छिन भने हाम्रो नेपाली पार्टीका मधु सुदन पाठकले २० राप्रपाका रामप्रसाद उप्रेती १९ मत प्राप्त गरेका छन् ।
हाल टोखा सरस्वतीको ख, ग , निल सरस्वतीको क र धोविचौर क बुथको २५०१ मतगणना भैरहेको छ । मतगणना टोखा नगरपालिकाको ५ वडा कार्यालयको श्रीसमाज भवना हुँदैछ ।
काठमाडौं–५ मा ७० हजार ९१९ मतदाता छन्। जसमध्ये ४५ हजार ३५५ मत खसेको थियो।