• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ मंसिर २०७९, मंगलवार


    बिज्ञापन
  • प्रदीपको अग्रता कायमै, ईश्वर १८१६ मतले पछाडि

    टोखा टाइम्स, काठमाडौं । शुरूवाती अग्रतालाई काम गर्दै नेपाली काँग्रेसका गठबन्धन उम्मेद्वार प्रदीप पौडेल आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेल भन्दा १८१६ मतान्तरणले आगाडि छन् ।

    निर्वाचन आयोगका अनुसार १८,७९७ मत गणना गर्दा प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल ६१८१ मत ल्याई अग्रस्थानमा छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेल ४३६५ मतका साथ दोस्रो स्थानमा छन् । मतगणना कार्य जारी छ ।

    Facebook Comments Box