• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:७ मंसिर २०७९, बुधबार


    बिज्ञापन
  • काठमाडौँ-५ : प्रतिनिधिसभामा काँग्रेस, प्रदेशमा क्रमशः राप्रपा र काँग्रेस विजयी

    टोखा टाइम्स, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन काठमाडौं निर्वाचन क्षेत्र नम्वर ५ को मतगणना बुधबार सम्पन्न भएको छ ।

    प्रनिधिसभा सदस्यमा नेपाली काँग्रेस तथा लोकतान्त्रि बाम गठबन्धका साझा उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका थिए । त्यस्तै, प्रदेशसभा सदस्यमा (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रजापति र (ख) मा नेपाली काँग्रेसका श्याम बहादुर खड्का निर्विचत भए ।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले नेकपा एमालेका  वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान सांसद समेत रहेका ईश्वर पोखरेललाई ५०६५ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १५,२३७ र पोखरेलले १०,१७२ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय राणा ५४७३ मत सहित तेस्रो स्थानमा छन् । काठमाडौँ-५ मा कुल ४५ हजार ९८७ मत खसेको थियो ।

    प्रदेश क मा राप्रपाका राजेन्द्र प्रजापतिले नेपाली काँग्रेसका तथा लोकतान्त्रिक बमा गठबन्धनका साझा उम्मेदवार भैरब सापकोटालाई ४०४ मतान्तरले पराजित गरेका हुन् । प्रजापतिले ४३०० मत र सापकोटाले ३८९६ मत पाएका थिए । प्रदेश (क) मा कुल १६,३३२ मत खसेको थियो ।

     

    त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका श्यामबहादुर खड्काले नेकपा एकालेका उम्मेदवार दीपक निरौलालाई १३६२ मतान्तरले पराजित गरेका हुन् । खड्काले ९७३१ मत र निरौलाले ८४०५ मत पाएका थिए ।त्यस्तै राप्रपाका सुसनलाल श्रेष्ठले ५६३३ मत सहित तेस्रो स्थानमा छन् । प्रदेश (ख) मा कुल २९,५८६ मत खसेको थियो ।

     

    अघिल्लो निर्वाचनमा एमाले र माओवादीको बाम गठबन्दन हुँदा काठमाडौं-५ का सबै सिट नेकपा एमालेले जितेका थिए ।

    Facebook Comments Box