केही न केही त खास छ, चाकुमा,
टोखाको संस्कृति र इतिहास छ चाकुमा ।
तपाइँले के ठान्नु भएको छ खै यसलाई ?
खाएर त हेर्नुस् कति मिठास छ चाकुमा ।
जाडो याममा सेवन गर्दा फाइदै फाइदा हुने,
पुर्खाको अनुभव र विश्वास छ चाकुमा ।
नेपालमात्रै हैन अब विश्वसामु पुग्दै छ यो,
उत्पादन बढ्न सके सम्पन्नताको आभास छ चाकुमा ।
यमन भट्टराई
शिक्षकः सरस्वती माध्यमिक विद्यालय, टोखा
(टाेखा परमपरागत चाकु संरक्षण समाजद्वारा प्ररकाशीत चाकु स्मारीका २०७८ बाट साभार)