• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ पुष २०७९, शनिबार


    बिज्ञापन
  • नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौंको अध्यक्षमा पुनः अरबिन्द्रमान

    टोखा टाइम्स, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं शाखाको अध्यक्षमा पुन: अरबिन्द्रमान सिंह निर्वाचित भएका छन् । शनिवार जगत सुन्दर ब्वना कुथि लखतिर्थमा सम्पन्न काठमाडौं जिल्ला शाखाको चौथो महाधिवशनबाट सिंह अध्यक्ष पदमा सर्वसहमतिले निर्वाचित भएका हुन् ।

    उक्त अधिवेशनबाट सिंहको अध्यक्षतामा १३ सदसीय कार्यसमिति सर्वसहमतिले चयन गरेका छन् ।

    शाखाको उपाध्यक्ष खुल्ला तर्फ प्रबिन महर्जन, महिला उपाध्यक्षमा बिमला मानन्धर, सचिवमा मनोजरत्न शाही र कोषाध्यक्षमा राजेन्द्र मानन्धर रहेका छन्। त्यस्तै, सह सचिवमा द्वय शरण डंगोल र सुष्मा महर्जन रहेका छन् भने सदस्यहरूमा उद्धव खड्गी, सहयोग रंजित, बिजय सिं, सुबिन्द्र श्रेष्ठ, किचः सिं डंगोल र मोनिका मल्ल रहेका छन् ।

    Facebook Comments Box