• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ पुष २०७९, शनिबार


    बिज्ञापन
  • सुरक्षित डिजिटल प्रविधि सम्बन्धि एक दिवसीय सचेतना गोष्ठी सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । डिजिटल प्रविधि सुरक्षित प्रयोग तथा यसबाट हुन सक्ने  सम्भावित असरको बारेमा एक दिवसीय सचेतना गोष्ठी सम्पन्न भएको छ ।

    सेभ एण्ड सस्टेन टोखाले समुदायस्तरमा जनचेतना जगाई डिजिटल प्रविधिको सुरक्षित प्रयोग र उपयोगिताको बारेमा जनमानसमा शिक्षा फैलाउने उद्धेश्यले शनिबार गोष्ठीको आयोजना गरिएको हो ।

    सेभ एण्ड सस्टेनका अध्यक्ष तथा कार्यक्रमका सभापति आशिष श्रेष्ठले नेपाली समाजमा डिजिटल प्रविधिहरु प्रतिको आकर्षण बढ्दै जानुका साथै यस्ता प्रविधिहरुले विभिन्न जटिलताहरु पनि निम्त्याइरहेको बातए ।

    डिजिटल समाजको बिकास संगै मोबाईल फोन, इन्टरनेट बैंकीङ्ग, सामाजिक सञ्जाल जस्ता कुराहरुको प्रयोग हामीले दैनिकरुपमा गर्दै आएका छौँ । यी कुराहरुमा रहेका जोखिमहरुलाई बुझ्न नसकेको खण्डमा हुन जाने क्षतीलाई हामी सबले बुझ्न जरुरी रहेको छ । यस्ता प्रविधिहरुले निम्त्याएका जटिलताहरु बढ्दै गएको समस्याहरुलाई मध्यनजर गर्दै हाम्रो नगरबासिन्दा यस विषयमा कसरी सचेत र सुरक्षित रहन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर सेभ एण्ड सस्टेनले जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले डिजिटल प्रविधिले विश्वलाई सानो गाउँको रुफमा परिन्त गरिएको बताए । उनले प्रविधिको विकाससँगै यसको दुरुपयोगका कारण विभिन्न घटनाहरु घटिरहेकोले सचेत भएर प्रविधिको सहि तवरले प्रयोग गर्नु पर्नेमा जोड् दिएका थिए ।

    कार्यक्रममा  विज्ञहरुले कसरी आफ्नो व्यक्तिगत विवरणलाई सुरक्षित राख्ने, कसरी डिजिटल ठगीबाट बच्ने, ह्याकिङ्गबाट कसरी जोगिने,  कसरी सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने, साइवर सेक्युरीटी र अपराध, अन्लाइन् शपिङ्ग लगायतका विषयमा जानकारी दिएका थिए ।

    टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यमा सेभ एण्ड सस्टेनले लियो क्लव अफ काठमाडौंसँगको सहकार्यमा आयोजित उक्त गोष्ठीमा टोखाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका, विभिन्न सहकारी तथा संघसंस्थाका प्रतिनिधिहरु गरी कार्यक्रममा  १८० जनाको सहभागिता रहेको थियो । साथै कार्यक्रममा विशिष्ट अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुराली तामाङ, टोखा-२ का वडाध्य धर्मेन्द्र श्रेष्ठ, टोखा संस्कृति क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    सेभ एण्ड सस्टेन एउटा सामाजिक दिगो विकासको क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित सामाजिक संस्था हो । नागरिक स्तरमा चेतना फैलाई समाज र एउटा सिङ्गो देशलाई सकरात्मक परिवर्तनका लागि प्रयत्न गर्ने उद्धेश्यले अघि लम्केको छ । एक दिगो भविश्यको लागि दिगो विकासका नारा सहित यस संस्थाले कार्यक्रमहरु अघि बढाउने योजना बनाएको छ ।

    Facebook Comments Box