• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:७ पुष २०७९, बिहीबार


    बिज्ञापन
  • टोखा नगरको सहकारीको अवधारणा, वर्तमान अवस्था र सुधारको उपाय विषयक अन्तरक्रिय सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिका सहकारी शाखाको आयोजनामा सहकारीको अवधारणा, वर्तमान अवस्था र सुधारको उपाय विषयक एक दिवसीय अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।

    बिहिबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सामाखुशीमा अवस्थित हिमालयन बाजेको सेकु कर्नरमा उक्त अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको हो ।

    अन्तरक्रिया कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंखर पाठकले सहकारीको अवधारणा, वर्तमान अवस्था र सुधार सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

    त्यस्तै, काठमाडौँ जिल्ला सहकारी संघ टोखा नगर उप समितिका संयोजक विश्वराज श्रेष्ठले पछिल्लो समयमा आर्थिक तरलता सृजना भएको अवस्थामा सहकारी हितकोलागि परिस्थिति अनुकुल सहकारीको नीति नियममा आवश्यक परिमार्जन गर्नु पर्ने बताए ।

    टोखा नगरपालिका सहकारी शाखाकी प्रमुख कमला कार्कीले शाखाले नयाँ सहकारी दर्ता गर्ने, सहकारीको विकासका लागि आवश्यक तालिम, परामर्श दिने तथा सहकारीहरु बीच मर्ज गर्ने कार्यमा भूमिका निर्वाह गर्ने जस्ता कार्य गरिरहेको बताए । उनले हालसम्म टोखा नगरपालिकामा ११० वटा सहकारी रहेको समेत कार्यक्रममा जानकारी दिए ।

    एक दिवसीय अन्तरक्रिय कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख तथा विशिष्ठ अतिथि मुरारी तामाङ, टोखा नगरपालिकाका ११ वडाका वडाध्यहरु, कार्यपालिका सदस्यहरु सहकारीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

     

     

    Facebook Comments Box