• टोखा टाइम्स

    • प्रकाशित मिति:११ पुष २०७९, सोमबार


    बिज्ञापन
  • टोखा-२ मा आधारभुत स्वस्थ्य केन्द्र सञ्चालनमा, अध्यक्ष धर्मेन्द्र श्रेष्ठद्वारा उद्घाटन

    टोखा टाइम्स, काठमाडौँ । टोखा-२ मा आधारभुत स्वस्थ्य  केन्द्र सञ्चालनमा आएको छ । सोमबारबाट टोखा-२ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।

    टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले स्वास्थ्य केन्द्रको उद्घाटन गरेसँगै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।

    टोखा-२ को गलय हिटिसँगै रहेको शार्वजनिक शैचालय भवनमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको टोखा -२ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले  उद्घाटन गरेका थिए ।

    स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले सरकारी स्वास्थ्य संस्थाबाट  पाईने निःशुल्क औषधि उपचारको लाभलिन वडाबासिलाई अनुरोध गर्दै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन आग्रह गरे ।

    आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, कोभिड खोपलगायतका सेवाहरु उपलब्ध छन् । केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।

    हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्‍याउने नीतिअनुसार टोखामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताको साथ अघि बढेको हो ।

    Facebook Comments Box